Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना संक्रमणको हटस्पट बन्दै भारत, एकैदिन थपिए ९३ हजार संक्रमित

छिमेकी देश भारतमा पछिल्लो समयमा कोरोना संक्रमित तिब्र गतिमा बढी रहेको छ । सो पछिल्लो २४ घण्टामा भारतमा ९३ हजार २४९ नयाँ कोरोना संक्रमति थपिएका छन् ।

भारतीय मिडियाहरुका अनुसार पछिल्लो पटक ९३ हजार २४९जना नयाँ संक्रमित थपिएका हुन् । यसैगरी ५ सय भन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या हाल विश्वमा नै सबैभन्दा उच्च हो ।

भारतमा साढे ६ महिनाको अवधिमा यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो । यसअघि १९ सेप्टेम्बरमा ९२ हजार ५७४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भारतमा हालसम्म १ करोड २४ लाख जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नयाँ कोरोना संक्रमणको दैनिक थपिएको संख्याको दरलाई हेर्दा शुक्रबारको तुलनामा भारत अमेरिका र ब्राजिलभन्दा अग्रस्थानमा देखिएको छ ।

शुक्रबार ८९ हजारमा संक्रमण पुष्टि भएको थियो । ६ महीनायता पहिलो पटक भारतमा सबैभन्दा बढी संक्रमित थपिएका हुन् ।

एक सातामा थपिएका संक्रमितको औषत संख्या पनि भारतमा अन्य देशभन्दा धेरै रहेको छ । भारतमा कोरोनाबाट सबैभन्दा धेरै महाराष्ट्र, पन्जाब, दिल्ली, मध्यप्रदेश, गुजरात र राजस्थान राज्य प्रभावित भएका छन् ।

प्रकाशित मिति: Apr 4, 2021

प्रतिक्रिया दिनुहोस्