Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चको एमाले-माओवादी ब्युँताउने फैसलामा पुनरावलोकन नहुने

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा दिएको पुनरावलोकन सम्बन्धी मुद्दामा पुनरावलोकन नहुने सर्वोच्ले आदेश दिइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशद्धय तेजवहादुर केसी र प्रकाश ढुंगाना पूर्ण इजलासले बिहिबार पुनरावलोकन नगर्ने आदेश दिएको हो ।

नेकपा फुटाएर एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलामा आठ प्रश्न उठाउँदै प्रचण्डले हिजो बुधबार सर्बोचमा पुनरावलोकनको माग गरेका थिए।

नामको विवाद भए नाम फेर्न मौका दिनु पर्नेमा एकीकरण नै उल्ट्याउने फैसला अन्यायपूर्ण, संविधान र नजिरविपरीत भएको भन्दै प्रचण्डले पुनरावलोकन हुनु पर्ने जिकिर गरेका हुन्।

नेकपा आफ्नो पार्टीको नाम भएको भन्दै ऋषिराम कट्टेलले दिएको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २३ गते एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई एकीकरण पूर्वको अवस्थामा फर्काइदिने फैसला गरेको थियो।

 

प्रकाशित मिति: Apr 1, 2021

प्रतिक्रिया दिनुहोस्