Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनबाट अनुदानमा ल्याएको कोरोना खोप ४० देखि ५९ बर्षका व्यक्तिलाई लगाइने

नेपाललाई चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप ४० देखि ५९ बर्षसम्मका व्यक्तिलाई लगाइने भएको छ ।

कोरोना भाईरस विरुद्धको इन्सिडेण्ट कमाण्ड सिस्टमको बैठकले सो खोप ४० देखि ५९ वर्ष उमेर समूहका मानिसलाई लगाउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसका लागि अस्पताल छनोट गरी पूर्वाधारको हिसाबले उपयुक्त अस्पतालबाट ती उमेर समूहका व्यक्तिलाई चाँडै नै खोप दिइने सरकारले जनाएको छ ।

नेपालमा अहिले पाँच लाख ४८ हजार मात्रा ‘कोभिशिल्ड’ र चीनबाट प्राप्त आठ लाख मात्रा ‘भेरोसेल’ खोप मौज्दात रहेको छ ।चीन सरकारले आठ लाख मात्रा भेरोसेल खोप नेपाललाई उपलब्ध गराएको थियो । उक्त खोप यही चैत १६ गते चीनबाट नेपाल ल्याइएको हो ।

भारतबाट प्राप्त एस्ट्राजेनेका खोपको पहिलो डोज लगाईएका मानिसलाई कहिलेबाट दोस्रो डोज दिने भन्ने अझै निश्चित भएको छैन ।

प्रकाशित मिति: Apr 1, 2021

प्रतिक्रिया दिनुहोस्