Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वायु प्रदूषणले आँखाको क्यान्सरदेखी ज्योतिसम्म गुम्न सक्ने खतरा!

अहिले देशभरको मुख्य शहरमा प्रदुषण बढीरहेको छ । काठमाडौं उपत्यकामा गएको शुक्रबारदेखि बायु प्रदुषण बढेको अझै कमि भएको छैन ।

त्यसैले काठमाडौं उपत्यकालगायत देशभरको वायुमण्डलमा प्रदूण बढेपछि सरकार तथा मौसमविद्ले सकेसम्म घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् ।

वायु प्रदूषणले स्वास्थ्यमा असर पार्ने भन्दै सरकारले सोमबारदेखि ४ दिनसम्म विद्यालयहरू बन्द गर्न निर्देशन दिइसकेको छ । काठमाडौं उपत्यकाको वायु प्रदूषणको तह उच्च हुँदा आँखामा धेरै खालका समस्या देखापर्न सक्ने आँखा विशेषज्ञले बताएका छन् ।

डाक्टरका अनुसार वायु प्रदूषणले आँखामा गम्भीर खालका समस्या पुर्याउने गर्छ । प्रदूषित हावामा आँखाको ख्याल नगरे मोतियाविन्दु, आँखाको क्यान्सरसमेत हुन सक्ने डाक्टरको भनाइ रहेको छ ।

उपत्यकामा बढेको उपत्यकामा बढेको वायु प्रदूषणले आँखामा निम्न खालका अल्पकालिन तथा दीर्घकालिन असर पुर्याउन सक्ने डाक्टरले बताएका छन् ।

वायुप्रदुषणमा आँखामा हुने समस्याहरु

-आँखा धमिलो हुने

-आँखा रातो हुने

-आँखामा घाउ हुने

-आँखा चिलाउने

-मोतियाविन्दू हुने

-लामो समयसम्म आँखा चिम्म गरेर बस्न मन लाग्ने

-आँखाको दृश्यशक्तिमा ह्रास आउने

-आँखा पोल्ने आदि अल्पकालिन समस्या हुन सक्छ

-आँखामा क्यान्सरसमेत भइ दीर्घकालीन समस्या हुनपनि सक्छ ।

वायु प्रदूषणमा आँखाको हेरचाह गर्न सुझाव

-आँखालाई सधैँ सफा राख्ने, कम्तिमा दिनमा दुई तीन पटकसम्म चिसो पानीले आँखा पखाल्ने ।

-साबुन पानीले राम्ररी हात धोएर मात्रै आँखा छुने ।

-वायू प्रदूषण हुँदा हावामा कार्वनमोनोअक्साइड र सल्फरडाइअक्साइड तत्त्व घुमिरहन्छन् त्यसैले चस्माको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

-वायुमण्डल प्रदूषित भएकाले सकेसम्म घरबाट बाहिर ननिस्कने । निस्कनै परेमा पोलोराइज्ड चश्मा लगाउने ।

-राति सुत्नुअघि गाजल, आइलाइनर, मस्करा राम्रोसँग सफा गर्ने ।

-सौन्दर्यका लागि आँखामा प्रयोग गरिने गाजल, आइलाइनर, मस्करा सकेसम्म अरूलाई प्रयोग गर्न नदिने ।

– सकेसम्म आईड्रप्सको प्रयोग कमभन्दा कम प्रयोग गर्ने । आईड्रप्सको हानिकारक रसायनले आँखामा झन् ठूलो समस्या पैदा गर्न सक्छ ।

-आफ्नो आँखा सफा गर्न प्रयोग गरेको रुमाल अरूलाई प्रयोग गर्न नदिने ।

-प्रत्येक दिन ताजा खाना खाने, खानामा अनिवार्य रूपमा सागसब्जी, गेडागुडीको समावेश गर्ने ।

-मोबाइल, कम्प्युटर, टेलिभिजन हेर्दा अलि टाढै बसेर हेर्ने बानी बसाल्ने ।

-बालबालिका पानी खेल्न मन पराउँछन् । त्यसैले फोहोर पानीबाट टाढा राख्ने । बाहिरबाट आउँदा सबै जनाले हात धुने बानी बसाल्ने ।

-कम्प्युटर ल्यापटपमा काम गर्दा लगातार नहेरी बीचबीचमा विश्राम लिने ।

-धेरै धुवाँ धुलो र घाममा धेरै समय नबस्ने ।

-बालबालिकाको खानामा प्रोटिन, भिटामिन ‘ए’ समावेश गर्ने ।स्वास्थ्य पत्रपत्रिका

प्रकाशित मिति: Mar 31, 2021

प्रतिक्रिया दिनुहोस्