Logo
२० बैशाख २०८१, बिहीबार
(March 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिसँग असहमति जनाउँदै ब्राजिलका तीनै सेना प्रमुखले दिए सामुहिक राजीनामा

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले सोमबार आफ्ना रक्षा मन्त्रीलाई हटाएपछि तीनवटै सुरक्षा निकायका प्रमुखले एकै पटक राजीनामा दिएका हुन् ।

राष्ट्रपतिसँग असहमति राखेर इतिहासमा पहिलो पटक तीनै सेनाका प्रमुखले राजीनामा दिएको त्यहाँका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

ब्राजिलको सेना, नेभी र एयर फोर्सका प्रमुखले सामुहिकरुपमा राजीनामा बुझाएका हुन् ।नयाँ रक्षामन्त्रीलाई भेटेर उनीहरूले एकसाथ राजीनामा बुझाएको बताइएको छ ।

मन्त्रालयले उनीहरूको ठाउँमा नयाँ प्रमुखहरू नियुक्त गरिने बताएको छ ।बोल्सोनारोले सेनालाई संविधान र कानुनसम्मत नभई आफ्नो तजबिजमा चलाउन खोजेपछि रक्षामन्त्री फर्नान्डो एजेभेडो इ साल्भाले त्यसको विरोध गरेका थिए ।

कोरोना महामारीलाई नियन्त्रणका लागि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै चर्को आलोचना खेपिरहेका राष्ट्रपति बोल्सोनारोलाई यो घटनापछि चुनौती थपिने भएको छ ।

ब्राजिलमा अहिलेसम्म कोरोना संक्रमणबाट ३ लाख १४ हजार मानिसको ज्यान गइसकेको छ भने पछिल्लो समय त्यहाँ संक्रमण फेरि तीव्र रूपमा फैलिरहेको छ ।

प्रकाशित मिति: Mar 31, 2021

प्रतिक्रिया दिनुहोस्