Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल समूहद्वारा मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध परेको अविश्वासको प्रस्ताव नेपाल समुहले फिर्ता लिएका छन् । मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने नेपाल समुहका सांसदहरुले नाम फिर्ता लिएका हुन्।

गत पुस १० गते नेकपा माओवादीको २३ र नेकपा एमालेकै २२ जना सांसदहरुले हस्ताक्षर गरेर मुख्यमन्त्री पौडेलमाथि अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए।

माधव नेपाल समूहका २२ जना सांसदहरु मध्ये एक दुई जनाले नाम फिर्ता लिन बाँकी रहेको प्रदेश सभा सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रदेशमा नेकपा माओवादी केन्द्रका २३ सांसदहरुले भने अविश्वासको प्रस्ताव फिर्ता लिएका छैनन् ।

 

प्रकाशित मिति: Mar 31, 2021

प्रतिक्रिया दिनुहोस्