Logo
२१ बैशाख २०८१, शुक्रबार
(March 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको रिटमा सुनुवाइ जारी

ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरूद्ध मुद्दा चलाउन माग गर्दै परेको रिटमाथि सर्वोच्चमा सर्वोच्मा सुनवाइ सुरु भएको छ ।

सोमबार न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलाशमा सुनुवाइ सुरू भएको हो। उक्त रिट सुनुवाइको पहिलो नम्बरमा सुनुवाइ भइरहेको छ।

नेपाल र भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर रिट आज(सोमबार)न्यायाधीश अनिलकुमार सिन्हा र हरि फुयाँलको इजलासमा एक नम्बर पेशीमा चढेको छ।

ललिता निवास प्रकणमा अधिवक्ता वालकृष्ण न्यौपानेले नेपाल र भट्टराईलाई उन्मुक्ति दिन नमिल्दै जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्रीहरूलाई मुद्दा चलाएको थियो।न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महान्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय लगायतलाई विपक्षी बनाइ एक वर्ष अगाडि रिट दायर गरेका थिए।

नेपाल र भट्टराई प्रधानमन्त्री भएका बखत ललिता निवासको जग्गा व्यक्तिको नाममा गएको थियो।

 

प्रकाशित मिति: Mar 29, 2021

प्रतिक्रिया दिनुहोस्