Logo
२१ बैशाख २०८१, शुक्रबार
(March 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन नवलपरासी अदालतको सूचना

नवलपरासी जिल्ला अदालतले सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन सूचना जारी गरेको छ ।

अदालतले गोरखापत्र दैनिकमा सूचना निकालेर यसअघि पक्राउ पुर्जी जारी गरिएकोमा घर पत्ता नलागेकोले मुलुकी फौजदारी कार्यविधि संहिताबमोजिम सबुदसहित उपस्थित हुन भनिएको हो ।हाजिर हुन नआएमा कानुनअनुसार हुने भनिएको छ ।

सरकार नियन्त्रित छापा माध्यम गोरखापत्रले राउत पक्राउको पूर्जी सूचना जारी गरे पनि जबकी सरकार र सिके राउत दुई वर्षअघि २०७५ साल फागुन २४ गतेका दिन ११ बुँदे सहमति भई राउत खुला राजनीतिमा आइसकेका छन् ।

राउतसहित उनका कार्यकर्तामाथि लागेको सबै मुद्दा सरकारले फिर्ता लिने सहमति बुँदा नम्बर ५ मा गरिएको थियो । तर दुई वर्षपछि अदालतले राउतलाई राज्यविरुद्धको संगठित अपराधमा पक्राउ पूर्जी जारी गरेको हो ।

राउत नेतृत्वको समूह २०७५ फागुन २४ मा सरकारसँग ११ बुँदे सहमति गर्दै मूलधारको राजनीतिमा आए पनि त्यसअघि भने राज्यविरुद्धको अपराधमा मुद्दा दायर गरिएको थियो ।

राउतविरुद्ध नवलपरासी अदालतमा राज्यविरुद्धको सङ्गठित अपराधको मुद्दा विचाराधीन छ ।

प्रकाशित मिति: Mar 29, 2021

प्रतिक्रिया दिनुहोस्