Logo
२० बैशाख २०८१, बिहीबार
(March 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म्यानमारमा प्रहरीको गोली लागि ११४ जना प्रदर्शनकारीको मृत्यु, अमेरिकालगाएत दर्जन देशले गरे विरोध

म्यान्मारमा शनिबार सुराक्षाकर्मीले पर्दशनकर्मीमाथी गोली चदाउदाँ कम्तीमा ११४ जना मारिएको सञ्चारमाध्यमले जनाएका छन् ।

प्रदर्शनमा ११४ जना मारिएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।‘म्यान्मार नाउ’ अनलाइनले १३ वर्षीया किशोरीसहित कम्तीमा ११४ जना मारिएको उल्लेख गरेको छ । प्रदर्शनका क्रममा २० जनाभन्दा बढी बालबालिका मारिएका छन् भने हालसम्म मारिएकाको संख्या ४ सय नाघेको छ ।

सेना प्रमुख मीन ह्यालिङले सशस्त्र फौज दिवसका क्रममा टेलिभिजनमार्फत सम्बोधन गर्दै देशमा निष्पक्ष चुनाव गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् तर उनले चुनावको मितिबारे केही उल्लेख नगरेको बीबीसीले जनाएको छ ।

३० मिनेट लामो भाषणका क्रममा ह्यालिङले ‘सेनाले म्यान्मारका जनतालाई बचाउने र लोकतन्त्रप्रति उनीहरूको तिर्खा मेटाउने’ जनाएका थिए ।

जुन्ता शासकले राजधानी नेइपिडअमा ७६ औं सशस्त्र फौज दिवस मनाइरहँदा लोकतन्त्र पक्षधरहरूले ‘सैनिक तानाशाहीविरुद्धको दिवस’ भन्दै प्रदर्शन चर्काएका थिए ।

त्यसक्रममा राजधानी नेइपिडअ, यांगुन र म्यान्डले सहरमा सुरक्षाकर्मीले दमन गरेको हो । दिवसका अवसरमा आयोजना गरिने विशेष सैन्य परेडमा विगतका वर्षहरूमा विदेशी अधिकारीहरूको उल्लेख्य उपस्थिति हुने गर्थ्यो ।

शनिबार भने विदेशी पाहुना रुसी उपरक्षामन्त्री एलेक्सेन्डर फर्मिनमात्र उपस्थित थिए । आफ्नो भाषणका क्रममा ह्यालिङले ‘रुस आफ्नो सच्चा मित्र भएको’ बताएका थिए ।

म्यान्डले सहरमा १३ वर्षीया किशोरीसहित कम्तीमा ४० जनाको ज्यान गएको स्थानीयलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । २७ जना यांगुनमा मारिएका छन् ।

त्यसैगरी, थाइल्यान्डसँगको सीमा क्षेत्रमा १० जनाले ज्यान गुमाएको जनाइएको छ । सागइङ्ग, लास्हिओ, बागोलगायत २८ स्थानमा सुरक्षाकर्मीको गोलीले अन्य प्रदर्शनकारी मारिएका हुन् । म्यान्मारस्थित अमेरिकी दूतावासले ‘सुरक्षाफौजले निहत्था नागरिकको हत्या’ गरिरहेको जनाएको छ ।

सेनाले फेब्रुअरी १ मा सत्ता कब्जा गरेपछि लोकतन्त्र पक्षधरहरू आन्दोलित भइरहेका छन् । उनीहरूले देशका प्रमुख सहरहरूमा दिनहुँजसो सरकारविरोधी प्रदर्शन गर्दै आएका छन् ।साथै अमेरिका, बेलायत, जापान, अस्ट्रेलियालगायत एक दर्जन देशले संयुक्त विज्ञप्ति निकालेर म्यानमारमा भएको हिंसाको विरोध गरेका छन् ।

दुर्लभ मानिने संयुक्त विज्ञप्तिमा उनीहरूले व्यावसायिक सेनाले अन्तर्राष्ट्रिय मापदण्डको पालनाका साथै आफ्ना नागरिकको सुरक्षा गर्नुपर्ने बताएका बीबीसीले जनाएको छ ।

गएको फेब्रुअरी १ अर्थात् माघ १९ गते सेनाले सत्ता हातमा लिएपछि म्यानमारमा सुरु भएको प्रदर्शनमा शनिवार (हिजो) एकैदिन एक सयभन्दा धेरै सहित चार सयभन्दा धेरै प्रदर्शनकारीको ज्यान गइसकेको छ ।

शनिवार सेनाले जथाभाबी गोली चलाएर हिंसा मच्चाएको भन्दै संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले आफू स्तब्ध भएको बताए ।

यस्तै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले म्यानमारमा शनिवार भएको हिंसाले अमेरिका ुमर्माहतु भएको भन्दै सैन्य शासकहरूले केही मानिसको फाइदाका लागि सर्वसाधारणको जीवन समाप्त पारिरहेको बताए ।

म्यानमारमा हिजो भएको हिंसामा एक सय १४ जनाको ज्यान गएको र कैयौँ घाइते भएका सीएनएनले जनाएको छ । गएको जनवरी १ मा म्यानमारको सेनाले आङ सान सुकीलगायत नेतालाई पक्राउ गर्दै सत्ता हातमा लिएको घोषणा गरेको थियो ।

चुनावमा धाँधली भएको भन्दै पक्राउ परेकी सुकीलाई सैन्य शासकहरूले भ्रष्टाचारसहित विभिन्न मुद्दा दर्ता गराएका छन् । यद्यपि सेनाले एक वर्षभित्र चुनाव गरी निर्वाचित सरकारलाई नेतृत्व सुम्पन आफू तयार रहेको धारणा सार्वजनिक गर्दै आएको छ ।

स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू भने सन् २०२० को नोभेम्बरमा भएको चुनावमा धाँधली भएको सेनाको दाबीसँग असहमत रहँदै आएका छन् । उनीहरूले चुनावका क्रममा कुनै पनि किसिमको अनियमितता नपाएको जनाएका छन् ।

प्रजातन्त्रवादी आन्दोलनकारीले सुकीसहित अन्य नेताको रिहाइको माग गरेका छन् ।यसअघिका प्रदर्शनमा ३ सय २८ को ज्यान गइसकेको छ । संयुक्त राष्ट्रसंघका अनुसार पत्रकार तथा अधिकारकर्मीसहित सयौं मानिस प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति: Mar 28, 2021

प्रतिक्रिया दिनुहोस्