Logo
२० बैशाख २०८१, बिहीबार
(March 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्राजिलमा एकैदिन झण्डै एक लाख कोरोना संक्रमित थपिए,२६ सयभन्दा धेरैको मृत्यु

ब्राजिलमा एकैदिन झण्डै एक लाख जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

गएको २४ घण्टामा ९७ हजार ५ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको पाइएको छ । यसअघि बिहीवार ९० हजार ५ सय ६४ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको थियो ।

यस्तै, ब्राजिलमा गएको २४ घण्टामा २ हजार ६ सय ३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म ब्राजिलमा एक करोड ३२ लाखभन्दा धेरैलाई कोरोना सङ्क्रमण भएको छ भने तीन लाखभन्दा धेरैको मृत्यु भएको छ ।

ब्राजिल विश्वमा कोरोनाबाट सबैभन्दा प्रभावित देशको सूचीको दोस्रो स्थानमा छ । अमेरिकापछि कोरोना सङ्क्रमणको दर ब्राजिलमा सबैभन्दा धेरै छ ।

प्रकाशित मिति: Mar 26, 2021

प्रतिक्रिया दिनुहोस्