Logo
२० बैशाख २०८१, बिहीबार
(March 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकाको कोलोराडोमा अन्धाधुन्ध गोली प्रहार, एक प्रहरीसहित १० जनाको मृत्यु

अमेरिकाको कोलोराडोमा स्थानीय सुपरमार्केटमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक प्रहरी अधिकारीसहित कम्तीमा १० जनाको मृत्यु भएको छ

समाचार एजेन्सी एफपीका अनुसार एक बन्दुकधारीले बोल्डर शहरको टेबल मेसा इलाकाको एक ग्रोसरी सुपरमार्केटमा स्थानीय समयानुसार करिब दिउँसो ३ बजे गोलीबारी भएको हो । प्रहरीले एक संदिग्धलाई पक्राउ गरेको छ ।

प्रहरीलाई उद्धृत गर्दै रोयटर्सले दिएको जानकारी अनुसार केही सुरुवाती जानकारी मात्रै प्राप्त गरिएको र हिंसाका कारण के हो भन्ने हालसम्म यकिन हुन सकेको छैन ।

तर स्थानीय मिडियामा देखाइएको भिडियोमा बक्सर मात्रै लगाएका दाह्री भएका गोरा व्यक्तिलाई हत्कडीमा स्टोरबाट बाहिर लैजादैं गरिएको देखिएको छ । त्यसपछि उनलाई स्ट्रेचरमा सुताएर एम्बुलेन्समा लगियो । हिरासतमा लिइएका व्यक्तिको खुट्टाबाट रगत निस्किरहेको थियो र उनी खुट्टा खोच्याएर हिँडिरहेका थिए ।

घटनाका बेला सुपरमार्केटभित्रै रहेका प्रत्यक्षदर्शीले गोलीको आवाज सुनेपछि आफूहरु पछाडिको बाटो हुँदै बाहिर निस्किएको बताए ।

कम्तिमा आठ गनशट सुन्ने रयान बोरोव्स्कीले सीएनएनसँग भने, ‘एउटा सोडा र चिप्सको प्याकेट खरिद गर्न जाँदा म त झण्डै मरिनँ ।’

दर्जनौं बख्तरबन्द वाहन, एम्बुलेन्स र एफबीआई एजेन्ट, स्वाट टीमसमेत सुरक्षाबल घटनास्थलमा पुगेका छन् ।

प्रकाशित मिति: Mar 23, 2021

प्रतिक्रिया दिनुहोस्