Logo
२० बैशाख २०८१, बिहीबार
(March 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना संक्रमण तीव्र फैलिएपछि भारतको गुजरात र पन्जाबमा कर्फ्यु, मध्य प्रदेशका ३ सहरमा पूर्ण लकडाउन

छिमेकी देश भारतका आठ राज्यमा कारोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणामा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ ।

संक्रमण फैलिएपछि केही ठाउँमा लकडाउन गरिएको छ भने केही ठाउँमा कडाइ गरिएको छ ।मध्य प्रदेशको भोपाल, इन्दोर र जबलपुरमा पूरै लकडाउन छ ।

महाराष्ट्रको नागपुरमा आउँदो १८ गतेसम्मका लागि लकडाउन लम्ब्याइएको छ । गुजरात र पन्जाबका केही सहरमा रात्रिकालिन कर्फ्यु लगाइएको छ भने केही ठाउँमा स्कुल कलेज बन्द गरिएको छ । यस्तै, मुम्बई सहरमा कोराना परीक्षण अनिवार्य गरिएको छ ।

परीक्षण गर्न अस्वीकार गर्नेलाई कारबाही गरिने त्यहाँका अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा पछिल्लो तीन दिनमा एक लाखभन्दा धेरैलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतमा अहिलेसम्म १ करोड १५ लाखभन्दा धेरैलाई कोरोना संक्रमण भएको छ । एक लाख ५९ हजारभन्दा धेरैको ज्यान गएको छ भने एक करोड ११ लाखभन्दा धेरै निको भएका छन् ।

प्रकाशित मिति: Mar 23, 2021

प्रतिक्रिया दिनुहोस्