Logo
२२ बैशाख २०८१, शनिबार
(March 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्तामा नियुक्त

सरकारले नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस गरेको छ । प्रधानमन्त्री कार्यालयबाट महान्यायाधिवक्तामा बडालको नाम सिफारिस गरिएको हो ।

अग्नि खरेलले आज महान्यायाधिवक्ताबाट राजीनामा गरेपछि रिक्त स्थानमा बडाललाई जिम्मेवारी दिइएको हो ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेको उच्च स्रोतले बताएको छ ।

बडाल नेपाल बार एशोसियशनको उपाध्यक्षमा निर्वाचनमासमेत लडेका थिए ।पछिल्लो नेकपा विवादमा कानून व्यवसायीहरू धेरेजसो प्रचण्ड माधव पक्षमा उभिँदा बडालले ओलीलाई साथ दिएका थिए । उनी निर्वाचन आयोगमा केपी ओलीको प्रतिनिधिका रूपमा समेत जाने गरेका थिए ।

 

प्रकाशित मिति: Mar 19, 2021

प्रतिक्रिया दिनुहोस्