Logo
१७ बैशाख २०८१, सोमबार
(March 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्व एमालेका नेता माधव नेपाल पक्षका यी हुन् सांसदहरू

अहिले बर्तमान समयमा नेपालको राजनीतिक एकदमै संकट अवस्थामा पुगेको छ । हिजो आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी ऋषि कट्टेदको पक्षमा फैसला गरेपछि नेकपा मात्रै नभई अहिले नेपालको सम्पूर्ण राजनीतिक क्षेत्र नै संकटमा परेको छ ।

जसले गर्दा अहिले राजनीतिमा तरंग सृजना भएको छ ।प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेपछि नेकपा दुई खेमामा विभाजित भएको थियो ।

नेकपा भित्रको विवाद चुलिँदै गएको अवस्थामा हिजोको सर्वोच्चको उक्त फैसलापछि झन अव देशको भविष्य नै अन्योलता तर्फ धकेलिने संकेत देखिन्छ ।

यो फैसला पछि अबको सरकार कस्को बन्ने हो र कसरी बन्ने भन्ने हो भन्ने आम जनताको धारणा रहेको छ । दुई तिहाइ मत प्राप्त देशकै ठूलो दल नेकपालाई नै यो निर्णयले छिन्नभिन्न पारीदिएको छ ।

जसको कारण अहिलेको सरकारको अवस्था गम्भीर मोडमा पुगेको छ ।सर्वोच्चको फैसलाले पूर्ववत एमाले र माओवादी केन्द्र ब्युँतदा माधव नेपाल पक्षलाई ठूलो असर पर्ने देखिएको छ । एमालेका नेता नेपाल, नेकपा बनेपछि दाहालसँगको समीकरणमा छन् ।

यसले माधव नेपाल पक्षको राजनीतिक भविष्य के हुने भन्ने प्रश्न जटिल बनेको छ । यस्तोमा नेपाल कानुन व्यवसायीहरुसँगको परामर्शपछि फैसला पुनरावलोकनमा जाने निष्कर्ष निकालिएको छ ।

२०७४ को निर्वाचनमा तत्कालीन एमालेका तर्फबाट प्रतिनिधिसभामा एक सय २१ जना सांसद बनेका थिए। त्यसमध्ये एक जनाको मृत्यु भएको छ।

पूर्वएमालेको संसदीय दलमा प्रधानमन्त्री केपी ओलीको अत्यधिक बहुमत रहेको छ।प्रतिनिधिसभामा कायम रहेका साबिक एमालेका १ सय २० सांसदमध्ये माधव नेपालका पक्षमा भने नेपालसहित ३७ जना सांसद रहेका छन्। पूर्व एमालेका लालबाबु पण्डित र तुलसा थापा तटस्थ रहेका छन् ।

 माधव नेपाल पक्षका सांसदहरू निम्न छन्-
१. माधवकुमार नेपाल
२. झलनाथ खनाल
३. घनश्याम भुसाल
४. योगेश भट्टराई
५.राजबहादुर बुढा क्षेत्री
६.पार्वतीकुमारी विशुन्खे
७.ध्रुवकुमार शाही
८.जीवनराम श्रेष्ठ
९. गणेशकुमार पहाडी
१०. सरलाकुमारी यादव
११.कृष्णलाल महर्जन
१२.कृष्णभक्त पोखरेल
१३. मायादेवी न्यौपाने
१४. विरोध खतिवडा
१५. रामकुमारी झाँक्री
१६. कल्याणीकुमारी खड्का
१७. यज्ञराज सुनुवार
१८.समिना हुसेन
१९. मेटमणि चौधरी
२०.जयकुमार राई
२१. हिराचन्द्र केसी
२२. भवानीप्रसाद खापुङ
२३. लक्ष्मीकुमारी चौधरी
२४. झपट रावल
२५. निरादेवी जैरु
२६. डा दीपक प्रकाश भट्ट
२७.कलिला खातुन
२८. सोमप्रसाद पाण्डेय
२९. बिनादेवी बुढाथोकी
३०. भीमबहादुर रावल
३१. मुकुन्द न्यौपाने
३२. पवित्रा निरौला
३३. गङ्गा चौधरी सतगौवा
३४. गोकर्ण विष्ट
३६. सुरेन्द्र प्रसाद पाण्डे
३७. विष्णु शर्मा

 

प्रकाशित मिति: Mar 8, 2021

प्रतिक्रिया दिनुहोस्