Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा राख्ने निर्वाचन आयोगको निर्णय सर्वोच्चद्वारा खारेज {पूर्णपाठसहित}

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ ।

आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम दिएर अर्को पार्टी दर्ता गर्न दिएको भन्दै कट्टेलले सर्वोच्च अदालतमा रिट दिएका थिए ।

न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको हो ।

कट्टेलले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार पनि आयोगको निर्णय गलत भनी दाबी गरेका थिए ।ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको अवस्थामा ३ जेठ २०७५ मा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच एकीकरण भएपछि उक्त पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टी(नेकपा)राखी निर्वाचन आयोगमा पेस गरेका थिए ।

जसलाई निर्वाचन आयोगले मान्यता दिएको थियो ।सर्वोच्चको यो निणयसँगै तत्काल दुई भागमा विभाजित भएका नेकपामाथिको दाबी विवाद थप जटिल बनेको छ ।

सर्वोच्को फैसलापछि नेकपाका दुई खेमा बनेका समूह मिलेर पाटीको मुख्य नाम खोज्नु पर्ने अवस्था सृजना भएको छ ।

त्यस्तै आज दाहाल नेपाल समूहको संसदीय बैठकको निर्णय पनि संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको छ । जसको कारण अव नेकपा मिलेर अगाडि बढ्नु पर्ने संकेत देखिन्छ । साथै नेकपा दुबै पक्षले पाटीको मुल नामको लागि शब्द थप्नुपर्ने देखिन्छ ।

 हर्नुहोस् यस्तो छ पूर्णपाठ :

प्रकाशित मिति: Mar 7, 2021

प्रतिक्रिया दिनुहोस्