Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीले आज कोरोनाविरुद्धको खोप लगाउने

आज प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाउने भएका छन् ।

ओलीले महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा आज बिहान पुगेर खोप लगाउने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले दिएका छन् ।

प्रधानमन्त्रीले खोप लगाएसँगै कोरोनाविरुद्ध खोप लगाउने अभियानको दोस्रो चरण सुरु हुनेछ ।शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरमा आयोजना गरेको कोभिड-१९ खोप अभियानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री ओलीले कोभिड-१९ विरुद्धको खोप लगाउनबारे जानकारी दिएका थिए ।

आजदेखि ६५ वर्षमाथिका १६ लाख बढी ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने छ ।

प्रकाशित मिति: Mar 7, 2021

प्रतिक्रिया दिनुहोस्