Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक्साभेटरको ठक्करबाट घाइते भएकी महिलालाई उद्धार गर्नुको साटो खाल्डोमा यसरी जिउँदै पुरियो !

बाग्मती प्रदेश अन्तरगत रहेको धादिङ जिल्लामा एक महिलालाई एक्साभेटरले ठक्कर दिएपछि जिउँदै पुरेको छ ।

धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका-१ मा सोमबार दिउँसो सवा २ बजे एक्साभेटरले घाँस बोकेर घरतर्फ गइरहेकी महिलालाई ठक्कर दिएको थियो र ठक्करबाट घाइते भएकी महिलालाई जिउँदै पुरेको हो।

सडक खन्न गाउँपालिकाले ठेक्का लगाएको सडक ठेकेदार कम्पनीको एक्साभेटरले सोही वडाकी ४५ वर्षीया सरस्वती कुमाललाई सुरूमा ठक्कर दिएको प्रहरीका जनाएको छ ।

ठक्करबाट कुमाल घाइते भएपछि चालकले उनलाई उद्धार गर्न छोडेर खाल्डोमा पुरेका थिए।घटनापछि आक्रोशित स्थानीयले उक्त एक्साभेटर जलाइदिएका छन्। चालक धादिङका भीमबहादुर बुढाथोकी फरार छन्।

इलाका प्रहरी कार्यालय सल्यानटारका प्रहरी प्रहरीका अनुसार फरार चालकको खोजी भइरहेको छ।स्थानीयले घटनास्थलमा प्रदर्शन गरिरहेकाले महिलाको शव उठ्न सकेको छैन।

सल्यानटार सडक मार्ग पिच गर्ने क्रममा सो एक्साभेटर खटाइएको थियो। प्रहरीका अनुसार ठेकेदार कम्पनीका मानिस सम्पर्कमा आइसकेका छन्।

प्रहरी घटनास्थल पुगे पनि स्थानीयले अवरोध गरेपछि शव उठेको छैन।प्रहरीका अनुसार एक्साभेटर दुई सातादेखि सडक पिच गर्ने ठाँउमा खटिएको थियो । अहिले पीडित परवासँग बार्ता भइरहेको इलाका प्रहरी कार्यालय सल्यानटारले जनाएको छ ।

प्रकाशित मिति: Mar 2, 2021

प्रतिक्रिया दिनुहोस्