Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चमा प्रचण्डको लिखित जवाफ पेश-‘अदालतलाई धम्क्याएको दाबी झुटो हो ’

नेकपा दाहाल-नेपाल समूहको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् ।

अदालतको अवहेलना हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रचण्डविरुद्ध रिट परेपछि सर्वोच्चले सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

आज प्रचण्ड आफै सर्वोच्च पुगेर जवाफ पेश गरेका हुन् ।उनले लिखित जवाफ पेश गर्दै आफ्नो अभिव्यक्तिले अदालतको अवहेलना नहुने बताएका छन् । आफूहरुको जुलुस, नारा र भाषणले स्वतन्त्र सक्षम न्यायपालिकालाई प्रभाव पर्ने र पार्ने कुरा हुन नसक्ने प्रचण्डले जिकिर गरेका छन् ।

उनले भनेका छन्, ‘मैले सार्वजनिक सभामा मुद्दाका विषयमा बोलेको नभइ कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको हुँ । यसबाट अदालतको अवहेलना हुनै सक्दैन ।’

उनले यसबाट अदालतको अवहेलना हुनै नसक्ने दाबीसमेत गरेका छन्।अदालतलाई धम्क्याएको भन्दै अधिवक्ता समीर हायुले दर्ता गरेको मुद्दामा जवाफ दिँदै प्रचण्डले निवेदको दाबी झुटो भएको जिकिर गरेका हुन् ।

प्रकाशित मिति: Feb 28, 2021

प्रतिक्रिया दिनुहोस्