Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पछिल्लो राजनीतिक परिर्वतनसँगै भारतीय र चिनियाँ राजदूत सक्रिय, भेटे देउवालाई

विकसित नयाँ राजनीतिक घटनाक्रमसँगै छिमेकी मुलुक भारतीय र चिनियाँ राजदूतहरु सक्रिय भएका छन् ।नेपालका लागि भारतीय र चिनियाँ राजदूतले नेपाली काँग्रेसका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

पछिल्लो राजनीतिक घटनासँगै भारतका राजदूत विनय मोहन क्वात्रा र चीनकी राजदूत होउ यान्छी सक्रिय भएका छन् ।

बुढानीलकण्ठ स्रोतका अनुसार सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै पछिल्लो विकसित राजनीतिक घटनाक्रमको विषयमा राजदुतद्वयले देउवासँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पुस ५ गते संसद् विघटन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी थिइन् । सर्वोच्च अदालतले फागुन ११ गते उक्त असंवैधानिक कदमलाई बदर गरेको छ ।

नयाँ राजनीतिक घटनाक्रमपछि अब संसदमा गएर सहकार्यका लागि भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल बुधवार देउवा निवास पुगेका थिए ।

प्रकाशित मिति: Feb 26, 2021

प्रतिक्रिया दिनुहोस्