Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज तोलामा ११ सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार १सय रुपैयाँले बढेको छ । सोमबार स्थिर रहेको सुनको मूल्यमा एक हजारभन्दा बढीले सुधार आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार रु ८९ हजार ९०० मा कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ९० हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन सोमबार तोलामा  ८८ हजार ५५० मा कारोवार भएकामा आजका लागि भने ८९ हजार ६५० मा कारोवार भएको छ ।

तेजाबी सुनसमेत तोलामा  एक हजार १०० ले बढेको हो ।चाँदीको मूल्यमा समेत आज २५ ले वृद्धि भएको छ । तोलामा रु एक हजार ३३५ मा सोमबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३६० मूल्य कायम भएको छ ।

प्रकाशित मिति: Feb 23, 2021

प्रतिक्रिया दिनुहोस्