Logo
१० असार २०८२, मंगलबार
(February 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन आयोगले गर्‍यो चुनावको सामग्री किन्न बोलपत्र आह्वान

निर्वाचन आयोगले मध्यावधि चुनावका लागि आवश्यक सामग्री खरिदको प्रक्रिया अघि बढाएको छ ।आयोगले चुनावका लागि आवश्यक पर्ने ३६ प्रकारका सामग्रीमध्ये २१ प्रकारका सामग्री किन्नका लागि आज बोलपत्र आह्वान गरेको हो ।

आयोगकाअनुसार छपाइसम्बन्धी मतपेटिका स्टिकर र परिचयपत्र, पोलबुक र कार्डहरु, सुरक्षण सिल र रबर म्याट, रबर र पित्तलको स्वस्तिक छाप, नउड्ने मसीको मार्कर, छेकाबार, स्ट्याम प्याड र मसी, जेलपेन, मार्करपेन, पञ्चिङ मेसिनलगायत सामग्रीका लागि बोलपत्र आह्वान गरिएको हो ।

आउँदो वैशाख १७ र २७ गतेका लागि तोकिएको मध्यावधि चुनावका लागि आयोगले सामग्री खरिद प्रक्रिया अघि बढाएको हो ।

बोलपत्रदाताहरुले आजदेखि १७ गतेभित्र बोलपत्र फारम खरिद गरिसक्नुपर्ने र १८ गते दिउँसो १२ बजेसम्म सिलबन्दी बोलपत्र आयोगमा दर्ता गरिसक्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधिसभा निर्वाचन गर्ने निर्णय गरेको छ । यद्यपि यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेकाले के फैसला आउँछ हेर्न बाँकी छ ।

प्रकाशित मिति: Feb 23, 2021

प्रतिक्रिया दिनुहोस्