Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारविरुद्ध जसपाले फागुन ९ गते देशभर प्रदर्शन गर्ने

प्रतिनिधिसभा विघटनविरुद्ध जसपाले फागुन ९ गते देशभर जनप्रदर्शन र विरोध सभा गर्ने भएको छ ।

पार्टी प्रचार विभाग प्रमुख डम्बर खतिवडाले एक प्रेस विज्ञप्ति जारी गर्दै ‘जननिर्वाचित प्रतिनिधिसभा विघटन गर्ने प्रतिगमनकारी कदमविरुद्ध’को जनप्रदर्शनमा सहभागी हुन अनुरोध गरेका छन् ।

देशभरका सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा जनप्रदर्शन र विरोध सभा गरिने उनले बताएका छन् ।

 

 

प्रकाशित मिति: Feb 18, 2021

प्रतिक्रिया दिनुहोस्