Logo
१५ बैशाख २०८१, शनिबार
(February 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदूरपश्चिम सरकारले भागरथी र सम्झनाको परिवारलाई ५-५ लाख दिने

सुदूरपश्चिम प्रदेश अन्तरगत रहेको बैतडीमा बलात्कारपछि हत्या भएकी किशोरी भागरथी भट्ट र बझाङकी सम्झना विकको परिवारलाई सुदूरपश्चिम सरकारले पाँच-पाँच लाख रुपैयाँ दिने भएको छ ।

बुधबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले पीडित परिवारलाई सहयोगस्वरूप पाँच-पाँच लाख रुपैयाँ दिने निर्णय गरेको प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीका स्वकीय सचिव सुधिर भट्टले जानकारी दिए ।

भागरथीको विद्यालयबाट घर फर्किने क्रममा माघ २१ गते बलात्कार पछि हत्या भएको थियो । भने बझाङकी सम्झनाको असोजमा बलात्कार पछि हत्या भएको थियो ।

प्रकाशित मिति: Feb 17, 2021

प्रतिक्रिया दिनुहोस्