Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभा विघटनको मुद्धामा आजदेखि एमिकस क्युरीले बहस गर्ने

संवैधानिक इजलाशमा संसद् विघटनविरुद्ध परेका मुद्दाको सुनुवाइमा आजदेखि एमिकस क्युरीकोतर्फबाट बहस हुँदै छ ।

संसद् विघटनविरुद्ध परेका मुद्दाका पक्ष तथा विपक्षको बहस सकिएसँगै आजदेखि एमिकस क्युरीको तर्फबाट बहस हुने भएको हो ।

एमिकस क्युरी सर्वोच्च अदालतको सहयोगी हो । कुनै मुद्दाका विषयमा राय लिनुपरेमा सर्वोच्चले एमिकस क्युरी गठन गर्ने गर्दछ ।

संसद् विघटनका विषयमा राय लिन गठित एमिकस क्युरीमा बद्रीबहादुर कार्की, विजयकान्त मैनाली, सतीशकृष्ण खरेल, पूर्णमान शाक्य र गीता पाठक रहेका छन् ।

एमिकस क्युरीको रायपछि सर्वोच्चले आफ्नो फैसला सुनाउने छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन् ।

रिटहरुमाथि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ तथा बहस भइरहेको छ ।

प्रकाशित मिति: Feb 16, 2021

प्रतिक्रिया दिनुहोस्