Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैंकको ऋण तिर्न नसक्नेका लागि ६ महिना समय थपियो

नेपाल राष्ट्र बैंकले ऋण तिर्न नसकी बसेका ऋणीहरुलाई असारसम्म पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था ल्याएको छ।

कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न चालिएका कदमबाट अर्थतन्त्रमा परेको असरलाई दृष्टिगत गरी राष्ट्र बैंकले ऋणको ब्याज र किस्ता तिर्न अवधीलाई बढाइदिएको हो । राष्ट्र बैंकले पुनर्तालिकीकरण र पुनर्संरचना गर्ने मिति पुस मसान्तसम्म रहेकोमा त्यसलाई असार मसान्तसम्मको अवधी थप गरिदिएको हो।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको अर्धवार्षिक समिक्षा मार्फत कोरोना प्रभावित भएको भन्दै ऋण नतिरी र कर्जाको पुनर्तालिकिकरण पनि नगरी बस्ने व्यवसायीलाई असारसम्मको म्याद दिएको गभर्नर महाप्रसाद अधिकारीले बताए।

आइतबार भएको समिक्षामा कार्यक्रममा गभर्नर अधिकारीले भने, ‘राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार अब ०७८ असार मसान्तसम्ममा बक्यौता ब्याजको ५ प्रतिशत तिरेर कर्जाको पुनर्तालिकीकरण गर्न सकिने छ।’

प्रकाशित मिति: Feb 15, 2021

प्रतिक्रिया दिनुहोस्