Logo
१५ बैशाख २०८१, शनिबार
(February 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनी प्रदेश सरकारले आज स्थापना दिवस मनाउँदै

लुम्बिनी प्रदेश सरकारले आज स्थापना दिवस मनाउदैँ छ । मूल समारोह फागुन प्रदेश राजधानी दाङ देउखुरीको मौरीघाटस्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा हुने छ ।

मूल समारोहमा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, प्रदेशका मन्त्रीहरु, उपसभामुख, प्रदेशका सांसदहरुलगायतको सहभागिता रहने छ ।

कार्यक्रममा ५८ जनालाई विभिन्न पदकले विभूषित गरिने छ । गत असोज ३ गते लुम्बिनी प्रदेश सरकारले ११ प्रकारका पदक मार्फत ५८ जनालाई विभूषित गर्ने निर्णय गरेको थियो ।

कार्यक्रममा प्रदेश सरकार स्थापना भएको तीन वर्षको उपलब्धी समेटिएको पुस्तक र मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमको समीक्षागत पुस्तिका पनि सार्वजनिक गरिने प्रमुख सचिव भरतमणी सुवेदीले जानकारी दिए ।

 

प्रकाशित मिति: Feb 15, 2021

प्रतिक्रिया दिनुहोस्