Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज तामाङ र शेर्पा समुदायले ल्होसार पर्व मनाउँदै

आज तामाङ समुदाय र हिमाली आदिवासी समुदायले सोनामा ल्होसार र ग्याल्बो ल्होसार नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । ।

तमाङ समुदायले मञ्जुश्री संबत् २८५७ सोनाम ल्होसार तथा हिमाली आदिवासी शेर्पा समुदायले २१४८ ग्लाल्बो ल्होसार मनाइ रहेका छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको हुन्छ ।

ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले तामाङ समुदाय प्रकृतिपूजक मानिन्छ । दुबै ल्होसारको पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नीप्रसाद सापकोटा, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायतले शुभकामना दिएका छन् ।

राष्ट्रपति भण्डारीले दिएको शुभकामना सन्देशमा देश विदेशमा रहेका सबैमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरिएको छ ।

विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा हो भन्दै राष्ट्रपति भण्डारीले विविधतामा एकतामाथि गर्वगर्ने आधार हामीलाई यी चाडवर्पले दिएको बताएकी छन् ।

देउवाले पर्वहरुले नेपाली समाजमा सद्भावना बढाउँदै आएको र मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्दै सभापति देउवाले सोनाम/ग्याल्बो ल्होसारको अवसरमा शुभकामना व्यक्त गगरेका छन् ।

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले सोनाम र ग्याल्बो ल्होसारका अवसरमा आज शुभकामना सन्देश दिँदै पर्व मनाउने क्रममा कोभिड–१९ को सङ्क्रमणप्रति ध्यान आग्रह गरेका छन् ।

प्रकाशित मिति: Feb 12, 2021

प्रतिक्रिया दिनुहोस्