Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णालीमा पोषणसम्बन्धी शिक्षा आवश्यक छ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर  शाहीले कर्णालीमा पोषणसम्बन्धी शिक्षा आवश्यक भएको बताए ।

कर्णाली प्रदेश नीति तथा योजना आयोग सुर्खेतद्वारा बुधबार यहाँ आयोजित बहुक्षेत्रीय पोषण योजनासम्बन्धीे अभिमुखीकरण कार्यक्रममा उनले यहाँका नागरिकको खाद्यान्नमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।

“कर्णालीमा कुपोषणलगायतका थुप्रै रोग छन्”, उनले भने, “यसका लागि तालिम एवं प्रशिक्षण होइन, पोषणसम्बन्धी जनस्तरसम्म शिक्षा चाहिएको छ ।”

कर्णालीमा भोक लागेपछि मात्र खाने अवस्था विद्यमान छ भन्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशलाई कुपोषणमुक्त प्रदेश बनाउने खालको नीति, कार्यक्रम तथा बजेट निर्माण गरेर अघि बढ्ने बताए ।

उनले कर्णालीका नागरिकको प्रारम्भिक स्वास्थ्यसम्बन्धीको ज्ञान पाठ्यक्रममा नै उल्लेख गर्नुपर्नेमा जोड दिए ।प्रदेश योजना आयोगका उपाध्यक्ष डा सर्वजित खड्काले सबै सरोकारवालाको एकीकृत कार्ययोजनाबाट कर्णालीको कुपोषण दर घटाउन सकिने बताए ।

यसका लागि सबैको हातेमालो आवश्यक रहेको उनको भनाइ थियो । अभिमुखीकरणमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव वसन्त अधिकारी र युनिसेफका नेपाल प्रतिनिधि प्रकाशचन्द्र जोशीले कर्णालीको पोषणसम्बन्धी तथ्याङ्कीय प्रस्तुति राखेका थिए ।

प्रकाशित मिति: Feb 11, 2021

प्रतिक्रिया दिनुहोस्