Logo
२२ बैशाख २०८१, शनिबार
(February 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भुकम्पले क्षतिग्रस्त धरहराको पुनर्निमाण कहिले सकिएला ?

काठमाडौंको सुन्धारामा निर्माण भइरहेको धरहराको २१औं तला ढलान गरिएको छ।

अब एक तला मात्र ढलान हुन बाँकी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत, सुशिल ज्ञवालीले बताएका छन्।

उनका अनुसार धरहराको शिरानमा पुरानै धरहराको गजुर राखिनेछ। २०७२ सालको महाभूकम्पले धरहरा ढलेपछि पुरानो धरहराको छेउमा नयाँ बनाउन लागिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ फागुन ४ गते जनताको पैसाले धरहरा बनाउने घोषणा गरेका थिए।

‘म बनाउँछु मेरो धरहरा’ भन्ने नारासहित पैसा जम्मा गर्न पनि थालिएको थियो। तर, त्यसलगत्तै नेपाल टेलिकमले धरहरा बनाउने रकम आफूहरूले खर्च गर्ने घोषणा गरेको थियो।

२०७३ असार २९ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागसँगको समन्वयमा धरहरा निर्माण गर्ने जिम्मा टेलिकमलाई दिएको थियो।

टेलिकमले धरहरालाई व्यावसायिक रूपमा सञ्चालन गर्ने प्रस्ताव गरेपछि पुरातत्वले अस्वीकार गर्‍यो। १३ रोपनीमा व्यावसायिक कम्प्लेक्ससहितको धरहरा निर्माणपछि ३० वर्षसम्म आफूले चलाउन पाउनुपर्ने टेलिकमको प्रस्ताव थियो।

टेलिकमले देखाएको इच्छा र टेलिकमलाई नै दिने प्रतिस्पर्धाले धेरै समय खेर गएको थियो। पछि टेलिकमले नबनाउने भएपछि सरकारले धरहरा निर्माणको जिम्मा पुनर्निर्माण प्राधिकरणलाई दिएको हो। प्राधिकरणले २०७५ वैशाख ३१ गते टेन्डर आह्वान गरेको थियो।

३ अर्ब ४५ करोड रूपैयाँमा जीआइइटीसी रमन जेभीले धरहरा बनाउने ठेक्का पाएको थियो। प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते धरहराको शिलान्यास गरेका थिए।

नयाँ बन्ने धरहारमा एउटा भर्‍याङ र दुई वटा लिफ्ट हुनेछन्। वरपर ४२ रोपनीको क्षेत्रफल ओगट्ने पार्क हुनेछ।

प्रकाशित मिति: Feb 8, 2021

प्रतिक्रिया दिनुहोस्