Logo
२२ बैशाख २०८१, शनिबार
(February 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२ दिनदेखि स्वावलम्वन लघुवित्तका कर्मचारी आमरण अनसनमा

लामोसमयदेखि शान्तिपूर्ण आन्दोलन गर्दा पनि व्यवस्थापन पक्षले माग सुनुबाई नगरेको भन्दै स्वावलम्वन लघुवित्त वित्तीय संस्थाका कर्मचारीले आमरण २ दिनदेखि जारी राखेका छन् ।

श्रम ऐनमा व्यवस्था गरे अनुरुप कर्मचारी हकहित र थप सुविधाको माग सहित आन्दोलित स्वाबलम्बन लघुवित्तमा कार्यरत कर्मचारीले आफ्ना माग पुरा गराउन अनशन नै थालेका हुन ।

कर्मचारीहरुले नेपाल सरकारले २०७६ चैत्र ११ देखि २०७७ जेष्ठ मसान्त सम्म सार्वजनिक विदा सरह घोषणा गरेको लकडाउन अवधिमा कोरोना जोखिम र लकडाउनको कारण कार्यालयमा उपस्थित हुन नसकेका कर्मचारीहरुलाई संस्थाले जबरजस्ती विदा लेख्न लगाएको, बढ्दो महँगी र बजार आवश्यकता अनुसार तलब वृद्धि हुन नसकेको, जोखिम बीच कार्य क्षेत्रमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध हुन नसकेकाले आन्दोलनलाई थप चर्काउनु परेको बताए ।

कर्मचारीहरूको कार्यालय समयलाइ विहान साढे ९ देखि साँझ साढे ५ कायम गर्नुपर्ने, नेपाल सरकारकाे निर्णय तथा निर्देशन विपरीत गरिएका परिपत्र खारेज गर्नुपर्ने, श्रम एेनसँग बाझिएका कर्मचारी विनियमावलीकाे दफा उपदफा खारेज गर्नुपर्ने, देशभर कार्यालय समयमा एकरूपता हुनुपर्ने, मनपर्दी रूपमा अाफ्ना नातेदार, भाइभारदार लगायतलाइ करार कर्मचारीकाे रूपमा संस्थामा भित्र्याउने प्रथा बन्द गर्नुपर्ने, लामाे समय देखि संस्थामा कार्यरत दैनिक ज्यालादारी कर्मचारीलाइ स्थायी गर्नुपर्ने, वैज्ञानिक सरूवा नीति बनाइ लागु गर्नुपर्ने, कर्मचारीकाे कार्यसम्पादन मूल्यांकन वैज्ञानिक रूपमा शंसाेधन गर्नुपर्ने उनीहरुको माग छ ।

यस्तै, कोरोना बीमाको यथाशिघ्र दावी भुक्तानी हुनुपर्ने, सेवा अवधि बीच कामबाट अवकाश लिने कर्मचारीहरुलाई सामाजिक सुरक्षा कार्यक्रम बापतको रकम प्राप्त हुनुपर्ने, कोभिड–१९ बाट प्रभावित कर्मचारीको कर छुट हुनुपर्ने, श्रमिक वर्गलाई सहुलियत व्याजदरमा बिनाधितो कर्जाको व्यवस्था हुनुपर्ने, गुटबन्दी र राजनीतिक रुपमा गलत नियतका कर्मचारीको संरक्षण गर्ने प्रथा हटाउनुपर्ने, समसामयिक रुपमा तालिम एवं प्रशिक्षण सञ्चालन गर्नुपर्ने, वित्तीय क्षेत्रका नवविकशित प्रविधि बारे कर्मचारीलाई जानकारी गराउनुपर्ने, कर्मचारीहरुको खातामा सिधै रकम जम्मा गर्ने व्यवस्था गर्नुपर्ने लगायतका मागहरु राख्दै आएका छन् ।

यस बीचमा बैंकका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले राजिनामा समेत दिइसकेका छन् । यस अघि मंसिर १९ गते अनसन शुरु गर्ने मिति पूर्वनिर्धारित गरिएको भएपनि व्यवस्थापन पक्षबाट वार्ता, संवाद र सहमतिको लागि समय माग गरिएकोले अनसनको मिति पछि सार्ने सहमति भएको थियो ।

तर त्यसयताका औपचारिक एवं अनौपचारिक वार्ता संवाद र छलफलबाट उपयुक्त निर्णय आउन नसक्दा आज माघ २५ गते अपराह्न ४ बजे देखि संस्थामा कार्यरत २ जना कर्मचारीहरु (अन्जन कार्की र मोहन उपाध्याय) केन्द्रीय कार्यालयको गेट बाहिर पाल टाँगेर आमरण अनसनमा बसेका छन् ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), नेपाल राष्ट्र बैंक (बैंक-वित्तीय संस्था निरीक्षण विभाग), उक्त लघुवित्तमा लगानी गर्ने वाणिज्य बैंकहरु (हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नबिल बैंक) लगायत संस्थाका प्रतिनिधिहरुले उपयुक्त निष्कर्ष सहित छिटो आन्दोलन टुङ्ग्याउन सुझाव दिएपनि व्यवस्थापन पक्ष लाचार बनेको खड्कबहादुर बस्नेतले बताए ।

व्यवस्थापन पक्षले कर्मचारीहरुका माग सम्बन्धमा निर्णय लिन नसके नेपाल राष्ट्र बैंकले समेत हस्तक्षेप गर्ने जानकारी गराइसकेको छ ।

प्रकाशित मिति: Feb 8, 2021

प्रतिक्रिया दिनुहोस्