Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रचना र सुरजको स्वरमा ”मसुरो काण्डा” गित सार्वजनिक {हेर्नुहोस् भिडियो}

रचना रिमाल र सुरज कालाखेतीको स्वरमा ”मसुरो काण्डा” बुधबार सार्वजनिक भएको छ । उक्त गित बजारमा आफ्नो जन्मदिनको अवसर पारेर साहित सिंह ठकुरीले सार्वजनिक गरेका हुन् ।

यस गितमा सिंह ठकुरीको शब्द, सुरज कालाखेतिको संगीत रहेको गीतको संगीत एरेन्ज बिस्वाश अधिकारीले गरेका छन् ।

यो गीतको म्युजिक भिडियो परिकल्पना तथा निर्देशन साहित सिंह ठकुरी आफैले गरेका छन् भने छायांकन मुकेश हुमागाईले गरेका हुन् । म्युजिक भिडियो सम्पादन सिलन लम्सालले गरेका छन्।

म्युजिक भिडियोमा साहित सिंह ठकुरी र कबिता नेपालीको निकै नै उत्कृष्ट अभिनय रहेको छ । सिंह ठकुरीले नेपाली गित संगीतको बजारमा एक पछी अर्को गित बजारमा ल्याइरहेका छन् ।

म्युजिक भिडियो एस थ्री ईन्टरटेनमेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया दिनुहोस्