Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म्यानमारमा फेरि सैन्य ‘कू’ : ईन्टरनेट बन्द, सूकीलगायत शीर्ष नेताहरु पक्राउ

म्यानमार (वर्मा) मा फेरि सैन्य ‘कु’ भएको छ । सेनाले शिर्ष नेताहरूलाई समेत अपदस्त गर्दै नजर बन्द गरेका छन् ।

त्यहाँको सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सूकी पक्राउ परेको पार्टीकी प्रवक्ताले जानकारी दिएका छन् ।

जननिर्वाचित सरकार र सेनाबीच बढ्दो तनावका बीच सूकीलाई पक्राउ गरिएको हो । योसँगै म्यानमारमा पुनः अर्को सैन्य ‘कू’ भएको बताईएको छ ।

गत नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले सरकार बनाउन आवश्यक सिट जितेको थियो । तर, सेनाले भने निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएको छ ।

बर्मा पनि भनेर चिनिने म्यानमार सन् २०११ सम्म सैन्य शासन रहेको थियो । सूकीले लामो समय आफ्नै घरमा नै नजरबन्दमा बिताएकी थिइन् ।

सोमबारबाट पहिलोपटक नयाँ संसदको सत्र शुरु हुनुपर्ने थियो तर सेनाले त्यसलाई स्थगित गर्न माग गर्दै आएको थियो ।

बीबीसीका अनुसार राजधानी लगायत देशका मुख्य सहरहरुमा सैनिकहरुको उपस्थिति बाक्लो रहेको छ ।

रोयटर्स न्यूज एजेन्सीसँग फोनबाट कुरा गर्दै एनएलडीका प्रवक्ता म्यो न्यून्टले सूकी र पार्टी अध्यक्ष विन मिन्टलगायत अन्य नेताहरुलाई बिहानै ‘लगिएको’ जानकारी दिए ।

सरकारी मिडिया एमआरटीभीले प्राविधिक कारण बताउँदै प्रशारण बन्द गरेको छ भने टेलिफोन र विभिन्न क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको थियो ।

सेनाहरु विभिन्न क्षेत्रका मुख्यमन्त्रीका घरमा पुगेर उनीहरुलाई पक्राउ गरेको परिवारिक स्रोतले जानकारी दिएका छन् ।

शनिबार म्यानमारको सेनाले संविधानअनुसार अघि बढ्ने बताएपछि म्यानमारमा सैनिक ‘कू’ भएको हो ।

प्रकाशित मिति: Feb 1, 2021

प्रतिक्रिया दिनुहोस्