Logo
५ जेष्ठ २०८१, शनिबार
(January 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आन्तरिक राजश्व विभाग नेतृत्वविहीन !

यतिबेला अर्थ मन्त्रालयअन्तर्गतको राजस्व उठाउने प्रमुखमध्येको आन्तरिक राजश्व विभाग नेतृत्वविहीन बन्न पुगेको छ ।

आन्तरिक राजश्व विभागका महानिर्देशक गण्डकी प्रदेशमा सचिव बन्न सरुवा भएपछि विभागको नेतृत्व निमित्त भई सहसचिव गजेन्द्र ठाकुरले चलाएका छन् ।

आन्तरिक राजश्व विभागको महानिर्देशकमा गण्डकी प्रदेशमा कार्यरत सहसचिव चन्द्रकला पौडेल, राजश्व अनुसन्धान विभागका दीर्घ मैनाली र निमित्त महानिर्देशक गजेन्द्र ठाकुरको चर्चा चलेको छ ।

विगतमा आन्तरिक राजश्व विभागको उपमहानिर्देशक, राजश्व प्रशासन तालिम केन्द्रको प्रमख र मन्त्रालयमा काम गरी ज्ञान एवं अनुभव बटुलेकी पौडेलको डिजी बन्ने प्रबल सम्भावना रहेको मन्त्रालय स्रोतले बताएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण महाशाखामा प्राविधिक सहसचिव (सु.इ.) पद खाली छ । यो महाशाखा धेरै समयदेखि नेतृत्वविहीन बन्दै आइरहेको छ ।

हाल यो महाशाखा मन्त्रालयका वैदेशिक महाशाखा प्रमुख रामहरि पोखरेलले हेर्ने गरेका छन् जबकि पोखरेल स्वयम् विभाग सरुवा हुन चाहिरहेका क्षमताविहीन कनिष्ठ सु.इ. हुन् ।

दोलखा नेकपाका नेता आनन्द पोखरेलको जोडबलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सु.इ. पोखरेल मन्त्रालय सरुवा भएको र विभागमा वरिष्ठ सहसचिवहरु अर्जुनजंग थापा र शिवहरि सापकोटा हुँदाहुँदै मन्त्रालयको वैदेशिक महाशाखा हात पारेको जानकारहरुले बताएका छन् ।

पद सु.इ. भए पनि इञ्जिनियरको जति ज्ञान र क्षमता नभएका पोखरेललाई दोलखाको डिभिजन प्रमुख हुँदा काम गर्न नसक्ने ठानेर उनको ठाउँमा सिडिइ अशोक तिवारीलाई पठाइएको थियो ।

सिडिइ तिवारी क्षमता र चलखेल गर्न सिपालु मानिन्छन् । हाल तिवारी मन्त्री वसन्तकुमार नेम्वाङ र सचिव रवीन्द्रनाथ श्रेष्ठलाई प्रभावमा पारेर सडक सुधार आयोजनामा का.मु. सुइको पदमा आउन सफल भएका छन् ।

यता सु.इ. हरुको अवकाश हुने क्रममा आगामी २०७७ फागुन १ गते मध्यपहाडी लोकमार्गका योजना प्रमुख दीपक के.सी. र फागुनको दोस्रो साता पूर्वाञ्चल संघीय सडकका का.मु. शिवराज अधिकारीको अवकाश हुँदैछ ।

त्यसैगरी, २०७८ जेठको पहिलो साता बनेपा–सिन्धुली सडकका योजना प्रमुख सूर्यबहादुर भाटले पनि अवकाश पाउने समाचार स्रोतले बताएको छ । मध्यपहाडी, पूर्वी र पश्चिम खण्डमा बसेर भाटले काँचुली फेरेको चर्चा छ ।

प्रकाशित मिति: Jan 31, 2021

प्रतिक्रिया दिनुहोस्