Logo
५ जेष्ठ २०८१, शनिबार
(January 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान अञ्जु पन्तको गीत ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई…’ जस्तो भयो

आज संसद विघटनविरुद्ध दायर रिटको सुनुवाई गरिरहेको संवैधानिक इजलासमा अञ्जु पन्तको गीत ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ बोलको गीतको दुई पंक्ति गुञ्जिएको छ ।

संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनको विपक्षमा बहस गर्दै अधिवक्ता गोपालकृष्ण घिमिरेले संविधान न पाए जस्तो नत गुमाएजस्तो अञ्जु पन्तको गीत जस्तो भएको बताएका छन् ।

वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले उक्त गीतलाई नेपालको संविधानसँग तुलना गरेका थिए । पहिलो संविधानसभाको समयमा उक्त गीत निकै चर्चित रहेको भन्दै उनले एउटा प्रसंग स्मरण गराए ।

प्रतिनिधिसभा विघटनको सिफारिस अनिश्चयात्मक रहेको भन्दै उनले राष्ट्रपतिले यस्तो अनिश्चयात्मक सिफारिस आउँदासमेत कानुनविद्हरुसँग छलफल नगरी प्रमाणीकरण गरेको भन्दै उक्त कार्यले संविधानको मर्मलाई कुल्चिएको बताए ।

दोस्रो संविधानसभाबाट संविधान बनेको र त्यो संविधानले प्रतिनिधिसभा विघटन परिकल्पना नगरेको उनले जिकिर गरे ।

प्रतिनिधिसभाको मुख्य नेता मानिने सभामुखलाई समेत थाहा नदिइ विघटनको सिफारिस गरिएको जिकिर गर्दै उनले यस्तो कार्य व्यवहारिक पनि नभएको र न्यायको सिद्धान्त अनुसार पनि नरहेको दावी गरे ।

वरिष्ठ अधिवक्ता घिमिरेले पहिलाका चारवटा विघटन सिफारिसको जगमा नयाँ संविधानमा प्रतिनिधिसभा विघटनसम्बन्धी प्रावधान नराखिएको बताए ।

अधिवक्ता घिमिरेले प्रतिनिधिसभा विघटन खारेजीको माग गर्दै संसद् विघटनको निर्णय असंवैधानिक भएको जिकिर गरेका छन्

 

प्रकाशित मिति: Jan 28, 2021

प्रतिक्रिया दिनुहोस्