Logo
१५ बैशाख २०८१, शनिबार
(January 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीलाई भेट्न बालुवाटारमा पुगे पूर्वजनमुक्ति सेनाका कमाण्डरहरू !

प्रधानमन्त्री केपी शर्मा ओलीसँग पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूले भेट गरेका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँग उनीहरूको छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

भेटघाटका क्रममा सम्बोधन गर्दै ओलीले जनयुद्धको अवधिमा पुर्‍याएको योगदान र क्रान्तिको सपनाप्रति सम्मान रहेको उल्लेख गर्दै नेतृत्वले जनमुक्ति सेनाका भावनालाई दुरुपयोग गरेको बताएका थिए ।

उनले उनीहरूलाई राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्ने आवश्वासन दिए ।

‘जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ । नेतृत्वले तपाईंहरूका भावनाको दुरुपयोग गर्‍यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ । यसरी आइरहँदा तपाईंहरू ढुक्क हुनुहोस्, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं,’ उनले भने, ‘नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन ।’

भेटमा अर्थमन्त्री विष्ण पौडेल, सुवास नेम्वाङ, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्ण रिमाललगायतको उपस्थिति रहेको थियो । पूर्वजनमुक्ति सेनाका कमाण्डरका तर्फबाट को-को बालुवाटार पुगेका थिए भन्ने खुलाइएको छैन ।

प्रकाशित मिति: Jan 23, 2021

प्रतिक्रिया दिनुहोस्