Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वेच्छाचारी भएका कारण हिटलरको पतन भएझै ओलीको पनि निश्चित छ : राजेन्द्र महतो

प्रदेश नं २ स्थित सप्तरीको राजविराजमा शुक्रबार प्रेस मञ्च तथा प्रेस नेपालद्वारा संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले हिटलरको शैली प्रदर्शन गरेको आरोप लगाएका छन् ।

महतोले भने ‘स्वेच्छाचारी भएका कारण हिटलरको पतन भयो, संविधान मिचेर संसद विघटन गरेका प्रधानमन्त्री ओलीको पनि पतन निश्चित छ’, ।

ओली पक्ष सत्तामा रहेकोले विभिन्न भ्रामक प्रचार गरेर पतनबाट जोगिने प्रयास गरिरहेको समेत उनले बताए ।महतोले भने, ‘मुलुकलाई सबैको साझा बनाउनका लागि सर्वस्विकार्य संविधान बनाउने उद्देश्यका साथ हामी वैकल्पिक शक्ति निर्माणको अभियानमा जुटेका छौं ।’

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको विषय अहिले अदालतमा विचाराधिन रहेको भन्दै अदालतले दिने निर्णयको प्रतिक्षामा आफूहरु रहेको उनको भनाइ छ ।

नेता महतोले थपे ‘पहिले अदालतको निर्णय आओस्, त्यसपछि कसरी अघि बढ्ने कुराको भविष्यमा निर्णय हुनेछ’, ।

नश्लिय चिन्तनको आधारमा बनाइएका पहिलेका सात वटा संविधान असफल भएको उदाहरण दिँदै महतोले संविधानसभाबाट निर्माण गरिएको वर्तमान संविधान पनि त्रृटीरहित नहुन सकेका कारण आफूहरु त्यसलाई सच्याउने अभियानमा लागेको स्पष्ट पारे ।

प्रकाशित मिति: Jan 22, 2021

प्रतिक्रिया दिनुहोस्