Logo
१५ बैशाख २०८१, शनिबार
(January 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ह्वाट्सएपको विकल्प खोज्दै प्रयोगकर्ता

w appह्वाट्सएपले आफ्नो गोपनीयताको नीतिमा परिवर्तन ल्याएपछि धेरै प्रयोगकर्ताहररुमाझ यो एपको लोकप्रियता घटेको थियो। एप्सका प्रयोगकर्ताहरु यो एपको विकल्प खोज्‍न लागेका खबरहरु आए।

आखिर के छ यस्तो ह्वाट्सएपमा नयाँ अपडेट ?
ह्वाट्सएपको विशेषता भनेकै यसको सुरक्षा र गोपनीयता थियो। यसमा पठाइएका सन्देश र फाइलहरु इन्क्रिप्टेड हुन्छन्। अर्थात् ह्वाट्सएपले हरेक संवाद पठाउने र पाउनेलाई एक विशेष साँचो (कोड) दिएको हुन्छ।

सन्देश सम्प्रेषित हुँदा त्यो म्यासेज त्यहीँ साँचोले ‘लक’ हुन्छ र पाउने प्रयोगकर्ताको साँचोले मात्र त्यो म्यासेज खुल्छ। फेसबुकले गरेको दाबीअनुसार, पठाउने र पाउनेबाहेक ह्वाट्सएपलेसमेत त्यो म्सेज हेर्न मिल्दैन।

सन् २०१४ मा फेसबुकले ह्वाट्सएपलाई किनेसँगै ह्वाट्सएपका गोपनीयताका विशेषताहरुमा केही सम्झौताहरु गर्दै गयो। यसको मुख्य कारण ह्वाट्सएपलाई फेसबुककै बिजनेस मोडेलमा ढाल्नु नै हो। फेसबुकले तपाईंको बारेमा जति धेरै थाहा पाउँछ, त्यति नै सजिलै कुन सामानको विज्ञापन देखाउने भन्ने सटिक अनुमान लगाउन सक्छ। त्यसबाहेक अरु बाहिरिए संस्थालाई प्रयोगकर्ताको सूचना बेचेकोमा पनि फेसबुकको चर्को आलोचना हुँदै आएको समयमा भइराखेको हुन्छ।

त्यसरी नै ह्वाट्सएपबाट पनि प्रयोगकर्ताका बारेमा अझ धेरै थाहा पाउने प्रयासमा यो नयाँ अपडेट ल्याएको देखिन्छ।

नयाँ अपडेटअनुसार अब ह्वाट्सएपले तपाईंको, फोन नम्बर, ब्याट्री, सिग्‍नलको अवस्था, एपको संस्करण, मोबाइल नेटवर्क, आईएसपी, भाषा, टाइम जोन, आईपी ठेगाना र फोनको डिजिटल पहिचान सबै सञ्‍चित गरेर राख्‍नेछ र यो सूचना फेसबुकसँग पनि बाँड्नेछ।

तपाईं फोनबाट फेसबुक चलाउनुहुन्छ भने यो त्यति ठूलो समस्या त होइन। किनकि यी सूचना फेसबुकसँग ह्वाट्सएपले दिनुभन्दा पहिला नै हुन्छ। यो अपडेट आए पनि अझै तपाईंको ह्वाट्सएपका म्यासेजहरु पठाउने र पाउनेबाहेक अरुले भने हेर्न मिल्दैन। अब ह्वाट्सएपले तपाईं, कतिबेला, कहाँ रहेर, कुन फोनबाट, कुन नेटवर्क प्रयोग गरी, कहाँ रहेको कोसँग बोल्नुभयो भनी थाहा पाउँछ तर के कुरा गर्नुभयो चाहिँ थाहा पाउँदैन।

यी नयाँ अपडेटहरुलाई हेर्दा ह्वाट्सएपलाई पनि फेसबुकीकरण गर्न खोजिएको देखिन्छ। तत्काल ह्वाट्सएपमा विज्ञापन नभए पनि ‘भविष्यमा राख्‍ने भए जानकारी गराउँछौँ, भनी ह्वाट्सएपको नीतिमा लेखिएको छ।

त्यही कुरालाई बुझ्दै प्रयोगकर्ताहरु एउटा सुरक्षित, विश्‍वासिलो म्यासेजिङ एपको खोजीमा छन्। टेलिग्राम, सिग्‍नलजस्ता विकल्पहरुप्रति प्रयोगकर्ता आकर्षित भइरहेका छन्। यी मध्ये सिग्‍नल अलि फरक छ।

ह्वाट्सएपजस्तै टेलिग्राम पनि ‘क्लोज्ड सोर्स’ हो। यसको भित्री बनोट र यसले कसरी कम गर्छ भन्ने कुराहरु सार्वजनिक रुपमा हेर्न मिल्दैन र यो पनि नाफामुलक संस्था हो।

तर सिग्‍नल एक गैरनाफामुलक संस्थाबाट सञ्‍चालित छ र यो ‘ओपन सोर्स’ हो अर्थात् यसको भित्री बनावट, यसले कसरी काम गर्छ, यसमा भएका परिवर्तन र संशोधनहरुलाई सबैले हेर्न सक्छन्। यी कुराहरुलाई हेर्दा सिग्‍नल विश्‍वासिलो देखिन्छ।

प्रकाशित मिति: Jan 19, 2021

प्रतिक्रिया दिनुहोस्