Logo
१५ बैशाख २०८१, शनिबार
(January 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा हिटर सर्ट भएर आगलागी हुदाँ एक वृद्धको मृत्यु

बागमती प्रदेश स्थित काठमाण्डौको कलङ्कीको खड्का गाउँमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

जाडो छल्न विद्युतीय हिटर बालेर सुतेका ८६ वर्षका शिवराम खड्काको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरको दोस्रो तलाको कोठामा हिटर बालेर सुतेका खड्काको जलेर ज्यान गएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जानकारी दिएको छ ।

हिटर बालेर सुतेकै बेला विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान रहेको छ । खड्काको छाती, पेट र ढाड पुरै जलेको अवस्थामा भेटीएको प्रहरीले जनाउको छ ।

घरमा रहेका अरु मानिसले जलेको गन्ध आएपछि मात्रै थाहा पाएका थिए । थाहा पाउँदा खड्काको ज्यान गइसकेको पाइएपछि उनीहरुले प्रहरीमा खबर गरेका थिए ।

प्रकाशित मिति: Jan 19, 2021

प्रतिक्रिया दिनुहोस्