Logo
१५ बैशाख २०८१, शनिबार
(January 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहिदको सपनासँग खेलवाड गरे, सर्पभन्दा विषालु मधेसी नेतालाई फ्याँक्नुपर्छ : सीके राउत

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सर्पभन्दा विषालु बनेका मधेसी नेतालाई फ्याँक्नुपर्ने बताएका छन् ।

मधेस आन्दोलनको प्रथम सहिद रमेश महतोको सम्झनामा सिरहाको लहानमा आयोजित बलिदानी सभालाई सम्वोधन गर्दै डा. राउत मधेसी नेताहरुमाथि खनिएका हुन् ।

‘मधेसी जनताले विषालु सर्प पाले,’ राउतले भने, ‘त्यस्तो सर्पले आफैंलाई डस्ने नै हो, डसिरहेका छन्, अब विषालु सर्परुपी मधेसी नेतालाई नष्ट गर्नुपर्छ ।’

उनले जनताले जिताएर पठाए पनि मधेसी नेताले जनतालाई धोकाबाहेक केही दिन नसकेको आरोप लगाए ।

उनले भने– सहिदको सपनासँग मधेसी नेताले खेलवाड गरेका छन् । सहिदलाई ५० लाख दिने भनेको कुरा पनि उनीहरुले पूरा गरेनन् ।

डा. राउत अब हुने निर्वाचनको तयारीमा लाग्न पनि कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले भने– हामी अदालतको निर्णय पर्खेर बसेका छौं । निर्वाचन ३ महिनामा होस् वा ६ महिनामा । हुन्छ नै । त्यसैले अब निर्वाचनको तयारीमा सबै लागौं ।

पहिलो मधेस आन्दोलनका क्रममा २०६३ माघ ५ गते लहानमा भएको आन्दोलनमा तत्कालीन माओवादी कार्यकर्ताले चलाएको गोली लागेर विद्यार्थी रमेश महतो सहिद भएका थिए ।

प्रकाशित मिति: Jan 18, 2021

प्रतिक्रिया दिनुहोस्