Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकदर्शन रेग्मी बेलायतका लागि राजदूत नियुक्त

सरकारले पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतको लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको छ ।

सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल मन्त्रिपरिषद्को सिफारिसमा रेग्मीलाई राजदूत पदमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गरी रेग्मीलाई आवासीय राजदूतमा नियुक्त गरिएको जानकारी दिएको छ ।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा संविधानको धारा २८२ अनुसार रेग्मीलाई राजदूत नियुक्त गरेकी हुन् ।

 

प्रकाशित मिति: Jan 18, 2021

प्रतिक्रिया दिनुहोस्