Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर ३२२ जनामा कोरोना पुष्टि, ६ संक्रमितको मृत्यु

नेपालमा आज ३२२ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै नेपालमा अहिलेसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। २४ घण्टामा ४ हजार ३ सय ६ जनाको पिसिआर परीक्षण गर्दा ३ सय २२ जनामा कोरोना पुष्टि भएको हो।

आज थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने मृतकको संख्या १ हजार ९ सय ६५ पुगेको मन्त्रालयले जनाएको छ।

आज ३ ७४ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ६१ हजार ८ सय १८ पुगेको मन्त्रालयले जनाएको छ।

जसमध्ये ३ हजार ८ सय ६१ जना सक्रिय संक्रमित छन्।यस्तै, देशभर हाल १ सय ९५ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ६१ जना आइसियु र ३४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।हाल २ सय २१ जना क्वारेन्टाइनमा छन्।

 

प्रकाशित मिति: Jan 18, 2021

प्रतिक्रिया दिनुहोस्