Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप २६६ जनामा कोरोना पुष्टि, ५ संक्रमितको मृत्यु

नेपालमा आज २६६ जना कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ८ जनाको पिसिआर परीक्षण गर्दा २६६ जनामा कोरोना पुष्टि भएको छ।

योसँगै कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ९ सय १९ जना सक्रिय संक्रमित छन्।

आज थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ५९ पुगेको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ४०० जना कोरोना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६१ हजार ४४४ पुगेको छ।

देशभर ३ हजार ९१९ सक्रिय संक्रमित रहेका छन्।हाल २ सय २१ जना क्वारेन्टाइनमा छन् ।

प्रकाशित मिति: Jan 17, 2021

प्रतिक्रिया दिनुहोस्