Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीको शिशुवाका आगलागी पीडितहरुलाई पालिकाद्वारा नगद सहित तत्काल राहत बितरण

प्रदेश १ स्थित सुनसरीको हरिनगर गाउँपालिका अन्तरगत रहेको शिशुवाधरमपुरका आगलागी पीडितहरुलाई पालिका सरकारले तत्काल राहत बितरण गरेको छ ।

पालिकाको वडा नम्बर-५ स्थिति शिशुवाधरमपुर शुक्रबार राती आगलागी भएको थियोे । आगलागी पीडित परिवारलाई पालिकाको अध्यक्ष गफार अन्सारी मियाँको नेतृत्व गएको एक टोलीले नगद सहित राहत उपलब्ध गराएको हो ।

अग्निपीडितहरुलाई हरिनगर गाउँपालिकाले जनही ५ हजारको दरले उपलब्ध गराएको छ । उनहिरुलाई जनही चामल २५ केजी, चुरा ५ केजी, खानेतेल १ केजी, नुन १ केजी, भाडावर्तन १५ थान, कम्बल २ थान, झुल १ थान, मेट २ थान र भुजा १ पाकेट लागयतको सामाग्री उपलब्ध गराएको छ ।

उक्त आगलागी हुदाँ डेढ करोड भन्दा बढीको क्षति भएको देखिएको स्थानीय प्रहरी कार्यालयले जनाएको छ ।

इनरुवा नगरपालिका र कोशी गाउँपालिकाबाट आएको बारुण यन्त्र र जनपथ प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा आगलागीलाई नियन्त्रणमा लिएको थियो ।

आगलागी भएको खबर पाउनका साथ पालिकाका अध्यक्ष अन्सारी सो ठाउँमा पुगेका थिए । अन्सारीका अनुसार ७ परिवारका ३५ घर जलेर नष्ट भएको छ भने धान, चामल,गहुँ र नगद सहित जलेर नष्ट भएको अगिनपीडितहरुले बताएका छन् ।
स्थानीय पशुपति मण्डल, तपेन मण्डल, पृथ्वीचन्द मण्डल, माधव मण्डल, सुरेश मण्डल, रमेश मण्डल र मैतोल देवी मण्डलको घरमा आगलागि हुदाँ डेढ करोड भन्दा बढीको क्षति भएको स्थानीय प्रहरी कार्यालयलाई उदृत गर्दै सुनसरी प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी सोही ठाउँमा नेपाल रेडक्रस सोसाइटी हरिनगर उपशाखाले पनि अग्निपीडितहरुलाई राहत उपलब्ध गराएको छ । जनही भाडावर्तन, त्रिपाल १ थान, कम्वल २ थान, पुरुष, महिला र बच्चालाई कपडा सेट, भुजा १ पाकेट उपलब्ध गराएको रेडक्रस हरिनगर उपशाखाका सभापति कृष्ण प्रसाद देवले जानकारी दिएका छन् ।

राहत वितरण गर्न प्रदेशसभा सांसद ताहिर अन्सारी समेत पालिकाका अध्यक्ष अन्सारी, कार्यपालिका सदस्य सुशिल ठाकुर, नेपाली कांग्रेस हरिनगर गाउँपालिका सभापति शिवहरि श्रेष्ठ, हरिनगर रेडक्रस उपशाखाका हिरालाल पाल लगायतहरु पुगेका थिए ।

प्रकाशित मिति: Jan 16, 2021

प्रतिक्रिया दिनुहोस्