Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२४ घण्टामा देशभर २७० जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

सांकेतिक तस्विर

आज देशभर थप २७० जनामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टाभित्रमा ३ हजार ८४ जनाको पिसिआर परीक्षण गर्दा २७० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ४८ पुगेको मन्त्रालयले जनाएको छ।

आज थप ३९० जना कोरोना संक्रमित उपचारपछि संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ६० हजार ५ सय ६७ पुगेको मन्त्रालयले जनाएको छ।

जसमध्ये देशभर हालसम्म ४ हजार ३ सय १ जना सक्रिय संक्रमित रहेका छन् । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ५ हजार १ सय २५ पुगेको छ।

यस्तै, देशभर हाल २ सय ३ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ६५ जना आइसियु र ३८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: Jan 15, 2021

प्रतिक्रिया दिनुहोस्