Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर ४०३ जनामा कोरोना पुष्टि, ६ संक्रमितको मृत्यु

file photo

नेपालमा आज थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा थप ४०३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज ४०५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको मन्त्रालयले जनाएको छ ।

आज कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९४३ जना रहेको मन्त्रालयले जनाएको छ ।

देशभरी सक्रिय संक्रमितको संख्या ४ हजार ४२६ रहेको छ ।

प्रकाशित मिति: Jan 14, 2021

प्रतिक्रिया दिनुहोस्