Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोरङ प्रशासनले गर्यो बर्ड फ्लु रोक्न सीमा क्षेत्रमा कडाई

प्रदेश नं १ स्थित मोरङ प्रशासनले बर्ड फ्लु रोक्न भारतीय सीमा क्षेत्रमा कडा अनुगमन गर्न थालेको छ ।

भारतका विभिन्न प्रान्तमा बर्ड फ्लु संक्रमण देखिएपछि भारतबाट नेपालमा पन्छी र पन्छीजन्य बस्तु भित्रिन नपाओस् भनेर सीमामा चेकजाँच कडा पारिएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारीका अनुसार यसको रोकथाम स्थानीय निकायहरूले गर्नुपर्ने हो र पनि जिल्ला प्रशासनको तर्फबाट प्रहरी र पशु क्वारेन्टाइनलाई सीमामा विशेष सतर्कता अपनाउन भनिएको छ । यही विषयमा छलफल गर्न शुक्रबार बैठक पनि बोलाइएको छ ।

नेपालमा भन्दा भारतमा कुखुरा सस्तो पाइने हुनाले व्यापारीहरूले लुकाएर भारतबाट कुखुरा र अन्य पन्छीहरू ल्याउने गर्दछन् ।

कतिले त जिउँदो कुखुराको सट्टा कुखुराको मासु ल्याएर नेपालका बजारमा बेच्ने गरेको हुँदा सीमामा कडाई गर्नु परेको हो ।

यसअघि वि.सं.२०६३ सालमा भारतमा बर्ड फ्लु देखिएपछि सरकारले भारतबाट पन्छी र पन्छीजन्य बस्तु ल्याउन रोक लगाएको छ । तर लुकीछिपी ल्याउने काम भने रोकिएको छैन ।

हाँस, कुखुरा, अण्डा ग्रामीण क्षेत्रका विभिन्न नाका भएर व्यापारीहरूले अवैध रूपमा नेपाल भित्र्याउने गरेका छन् । त्यसैले यो बेला सीमामा कडा निगरानी राख्न थालिएको हो ।

विशष गरेर सुनसरीको दक्षिणी नाकाबाट व्यापारीहरूले भारतीय कुखुरा ल्याउने गरेका छन् । गत पुस २७ गते मात्रै सुनसरी प्रहरीले ४६ हजार मूल्य बराबरको बोइलर कुखुरा बरामद गरेको थियो ।

सुनसरीको कोशी गाउँपालिका-८ बाट प्रहरीले ७४ थान ब्रोआइलर कुखुरा बरामद गरेको थियो।कोरोना संक्रमण रोकथाम गर्न सरकारले गत साल चैत ११ गतेदेखि नै अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेको छ।

तर भारतबाट अवैध रूपमा पशु, पन्छी र अन्य माल बस्तु भित्र्याउने क्रम भने रोकिएको छैन । धेरै ठाउँमा यस्तो आपसी सेटिङमा हुने गरेको छ ।

 

प्रकाशित मिति: Jan 14, 2021

प्रतिक्रिया दिनुहोस्