Logo
१५ बैशाख २०८१, शनिबार
(January 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीको प्रतिगमनलाई मत्थर पार्न देशमा शक्तिहरू लागि परेको डा.भट्टराईको आरोप

जसपाको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनलाई मत्थर पार्न खोजिएको भन्दै टिप्पनी गरेका छन् ।

प्रधानमन्त्री ओलीले भारतीय टेलिभिजन जी न्युजलाई अन्तर्वार्ता दिँदै आफू राष्ट्रवादी रहेको देखाउने खोजेको तर्फ सङ्केत गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ट्वीटर मार्फत ओलीको प्रतिगमनलाई मत्थर पार्न देश भित्री र बाहिरी शक्तिहरू लागिपरेको बताएका छन् ।

संसद विघटन गरी निर्वाचन घोषणा गरेको विषयलाई मत्थर पार्न र विषयान्तर गर्न ओलीलाई २०१७ सालपछि महेन्द्रलाई राष्ट्रवादी देखाएजस्तै गर्न खोजिएको भट्टराईको बुझाई छ।

भट्टराईले भनेका छन् ”ओली प्रतिगमनलाई मत्थर गर्न,विषयान्तर गर्न र अन्तत: स्थापित गर्न २०१७ सालपछि महेन्द्रलाई झैं महान् राष्ट्रवादी, हक्की,साहसी,कसैसंग नझुक्ने आदिइत्यादि प्रायोजित पगरी भित्री/बाहिरी शक्तिहरूबाट गुथाइनेछ। नेपाली जनता र देशलाई उही निर्ंकुशता र अल्पविकास/परनिर्भरतामा फसाइनेछ! चेतना भया!”

 

 

 

प्रकाशित मिति: Jan 12, 2021

प्रतिक्रिया दिनुहोस्