Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर लोकबहादुर शाहीको निधन

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलकिपर लोकबहादुर शाहीको निधन भएको छ।

शाहीको ६५ वर्षको उमेरमा हिजो बेलुका दैलेखको पुर्ख्यौली घरमा निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए ।

शेर्पाकाअनुसार मल्टिपल अर्गन फेलरबाट पीडित शाहीलाई अरु विभिन्न रोगको सङ्क्रमण समेत भएको थियो । शाहीको दैलेखमै आज अन्तिम संस्कार गरिने छ ।

लोकबहादुर शाही लामो समय नेपाली फुटबलमा प्रशासक र व्यवस्थापकका रूपमा रहेर काम गरेका थिए । शाही आधुनिक नेपाली फुटबलको स्तरीय गोलकिपर मानिन्छन् ।

सन् १९७९ देखि १९८९ सम्म एक दशक राष्ट्रिय टोलीमा नेपालको गोलपोष्ट सम्हालेका शाही सन् १९८४ मा नेपालमै आयोजना भएको पहिलो साफका स्वर्ण पदक विजेता खेलाडी हुन् ।

२०५२ साल असोजमा भएको एन्फा निर्वाचनमा गणेश थापा अध्यक्ष हुँदा शाही महासचिवमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति: Jan 11, 2021

प्रतिक्रिया दिनुहोस्