Logo
६ जेष्ठ २०८१, आईतबार
(January 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजारमा सुनको मूल्य एकैदिन तोलामा २३ सयले घट्यो

नेपाली बजारमा सुनको मूल्य आज एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँ घटेको छ ।

आज सुनको मूल्य तोलामा दुई हजार तीन सय घटेसँगै बजारमा सुनको मूल्य तोलाको ९३ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी पनि तोलामा ६० रुपैयाँ घटेर एक हजार दुई सय ७० रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ घटबढ भइरहेकाले नेपाली बजारमा पनि भाउ अस्थिर भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: Jan 10, 2021

प्रतिक्रिया दिनुहोस्