Logo
५ जेष्ठ २०८१, शनिबार
(January 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकबिहानै बुटबलमा सडक मिचेर बनाएका घरहरुमा चल्यो डोजर

लुम्बिनी प्रदेश अन्तरगत रहेको रुपन्देही जिल्लाको बुटवलको चौराहा-गोलपार्क सडक क्षेत्रका घरमा डिभिजन सडक कार्यालयले आइतबार एक बिहानै डोजर लगाएर भल्काउन शुरु गरेको छ ।

सडक क्षेत्र मिचेर बनेका घर टहरा खाली गर्न अदालतले दिएको आदेशसमेत अटेर गरेपछि डिभिजन सडक कार्यालयले डोजर चलाएर भल्काउन शुरु गरेको हो ।

पछिल्लो पटक सडक विस्तार आयोजनाले २४ घण्टे अल्टिमेटम दिएको थियो । उक्त म्यादमा केही घरधनीले सडक क्षेत्र मिचेर बनेका संरचना भत्काउन सुरु गरे पनि केहीले अटेर गरेपछि आइतबार बिहानै ठूलो संख्यामा प्रहरी परिचालन गरी बुटवलको ट्र्राफिक चोकबाट सडक मिचेर बनाएका टहरा भत्काउन सुरु भएको हो ।

बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक ६ लेनको बनाउने क्रममा केही घरधनीले अदालतमा मुद्दा हालेपछि सडक विस्तारको काम डेढ वर्षदेखि रोकिएको थियो ।

घरधनी नारायणीदेवि प्रधानलगायतका २४ जनाले अदालतमा मुद्दा हालेपछि सडक विस्तार रोकिएको थियो । तर, पछिल्लो रिट निवेदनमा गत असार ९ गते दिएको अल्पकालिन आन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश सर्वोच्च अदालतले पुस २० गते फैसला गरेपछि डिभिजन सडक कार्यालय बुटवललाई सडक विस्तार गर्ने बाटो खुलेको थियो ।

उक्त सडक खण्डमा ३१० घर र बाँकी ४७ खाली जग्गा गरी ३५७ जनाले सडक क्षेत्र मिचेकोमा २ सय जनाभन्दा बढीले यसअघि नै घर भत्काइसकेका छन ।

प्रकाशित मिति: Jan 10, 2021

प्रतिक्रिया दिनुहोस्